काठमाण्डौ । निरन्तर बढ्रीरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा घटेको हो ।
सुनको मूल्य ०.२२ प्रतिशत अर्थात ४.४५ डलरले घट्दै प्रतिऔंस २ हजार ३१.५५ डलर कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य ०.६० प्रतिशत अर्थात ०.१४ डल्रले घट्दै प्रतिऔंस २२.८१ डलरमा झरेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।