सोमबार, श्रावण १८,२०८३ 02:07:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:12
Bizshala
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव

गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ११ गते दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने, नियमनकारी नियकायबाट कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने निर्देशन आएमा÷ कम्पनीले पूँजी वृद्धि गर्न आवश्यक देखिएमा सोही बमोजिम कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन)गर्ने, सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधाका सम्वन्धमा र कम्पनीले सामाजिक उत्तरदायित्व अर्न्तगत गरेको खर्च अनुमोदन समेत गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.