सोमबार, श्रावण १८,२०८३ 01:59:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:56
Bizshala
Global IME Bank Limited

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी

बैंकहरुको खराब कर्जा बढेको होइन,वास्तविकता बाहिरिएको मात्रै हो: गभर्नर अधिकारी
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको नभई यो वर्ष वास्तविक चित्र मात्र सार्वजनिक भएको खुलासा गरेका छन् ।  

नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै चालु कर्जा मार्गदर्शन लागू भएपछि बैंकहरुले कर्जाको इभर ग्रिनिङ गर्न नपाएका रत्यसले खराब कर्जाको वास्तविक चित्र बाहिरिएको बताएका हुन् ।  

‘त्यसकारण एनपीएल बढेको होइन । यथार्थ चित्र बाहिरिएको हो ।’उनले भने,‘कयौँ वर्षसम्म बैंकहरुलाई सिस्टमले नै खराब कर्जा लुकाउने अवसर दियो । अहिले त्यो अवसर नआउँदा खराब कर्जा अनुपात बढेको देखिएको मात्रै हो ।’

उनले राष्ट्र बैंकले पुराना र अव्यवहारिक व्यवस्थामा सुधार गरेको र त्यो क्रममा केहि पिडा हुनु स्वभाविक रहेको समेत बताए । ‘यथार्थ चित्र बाहिर आउनुलाई अन्यथा मान्नु हुँदैन ।’ उनले भने,‘अहिले बैंकहरुको नेट एनपीए १.१३ प्रतिशत रहेको छ । यो ठूलो विषय होइन । अझ हाम्रो सिस्टमले कर्जाको प्रशस्त प्रोभिजन गरेको छ । अहिले लाभांश क्षमता कम भएको मात्रै हो । संस्था बलियो बनाउँन खोज्दा यस्तो हुनु ठूलो कुरा होइन ।’ 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.