सोमबार, श्रावण १८,२०८३ 02:06:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:25
Bizshala
Global IME Bank Limited

बेलायतले अमेरिकी ट्यारिफ आतंकको सामना गर्नु नपर्ने !

बेलायतले अमेरिकी ट्यारिफ आतंकको सामना गर्नु नपर्ने !
New Office

काठमाण्डौ । बेलायतले ओरिमकी ट्यारिफ आतंकको सामना गर्नु नपर्ने भएको छ । अमेरिकार बेलायतबीच छिट्टै हुन लागेको व्यापार सम्झौताका कारण बेलायतले अमेरिकाले लगाउने ट्यारिफको सामना नगर्नुपर्ने भएको हो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीच ‘छिट्टै’ व्यापार सम्झौता हुन सक्ने बताएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टाररसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा कियर स्टाररसँगको भेटमा ‘वास्तविक व्यापार सम्झौता’ को उल्लेख गरे। यसको अर्थ ट्रम्पले बेलायतमा कर लगाउन नचाहेको जनाइएको छ ।  

यससँगै ट्रम्पले बेलायतविरुद्ध कर लगाउने त्रास तत्कालका लागि खारेज भएको छ । ट्रम्पले अमेरिकाका केही व्यापार साझेदारहरू विरुद्ध कर लगाउने चेतावनी दिएका छन् र चीनमाथि पनि भन्सार शुल्क लगाएका छन्।

स्टारमरको यो अमेरिकी भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । बेलायती प्रधानमन्त्रीले युक्रेन र अमेरिकाको व्यापार नीतिका केही मुद्दामा ट्रम्पलाई प्रभाव पार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.