काठमाण्डौ । कुमारी बैंक लिमिटेड र काठमाण्डौको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram(OPG) and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्झौता भएको छ ।
कुमारी बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।