काठमाण्डौ । लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ । संघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।