काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।