सोमबार, श्रावण १८,२०८३ 02:06:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:28
Bizshala
Global IME Bank Limited

क्रिप्टो शिखर सम्मेलनअघि ट्रम्पले स्थापना गरे ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’

क्रिप्टो शिखर सम्मेलनअघि ट्रम्पले स्थापना गरे ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो शिखर सम्मेलन आयोजना गर्नु अघि रणनीतिक बिट्क्वाइन रिजर्भ र अन्य डिजिटल सम्पत्तिहरूको भण्डार स्थापना गरेका छन् । ट्रम्पले बिहिबार ह्वाइट हाउसमा कार्यकारी आदेशमार्फत यस्तो रिजर्भको स्थापना गरेका हुन् ।  

ट्रेजरी डिपार्टमेन्टले रिजर्भको व्यवस्थापन गर्न एउटा कार्यालय स्थापना गर्नेछ । जसलाई अमेरिकी सरकारले आपराधिक वा नागरिक सम्पत्ति जफत प्रक्रियाको एक भागको रूपमा जफत गरेको बिट्क्वाइनसँग पूँजीकरण गर्नेछ ।  

‘बिट्क्वाइन मूल क्रिप्टोकरेन्सी हो, बीटीसीको एक निश्चित आपूर्ति हुने भएकाले रणनीतिक बिट्क्वाइन रिजर्भ सिर्जना गर्न पहिलो राष्ट्रहरू हुँदा रणनीतिक फाइदा हुनेछ,’कार्यकारी आदेशमा उल्लेख छ ।  

कार्यकारी आदेशले अन्य क्वाइन र सम्पत्तिहरू व्यवस्थापन गर्न ट्रेजरी विभागअन्तर्गत अमेरिकी डिजिटल सम्पत्ति भण्डारण समेत सिर्जना गरेको छ। गत आइतवार, ट्रम्पले सरकारलाई बिटक्वाइन, इथरियम र अन्य तीनवटा टोकनहरू भण्डार गर्न निर्देशन दिने बताएका थिए । ट्रम्पले गत जनवरीमा दिएको कार्यकारी आदेशअनुसार बिट्क्वाइन,इथर,एक्सआरपी,सोलाना र कार्डानो गरी ५ वटा डिजिटल एसेस्ट सञ्चित गर्ने बताएका थिए। जसले क्रिप्टो उद्योगमा तरंग उत्पन्न भएको छ । ट्रम्पको त्यस्तो निर्णयपश्चात क्रिप्टोकरेन्सीहरुको मूल्य बढेको थियो ।  

यसका साथै, कार्यकारी आदेशले सरकारको डिजिटल सम्पत्ति होल्डिंगको पूर्ण लेखाजोखा गर्न निर्देशन दिएको छ। एआई र क्रिप्टोकरेन्सीका लागि ह्वाइट हाउसका जार डेभिड स्याक्सले एक्समा अमेरिकी सरकारसँग लगभग २ लाख किट्क्वाइन भएको लेखेका छन् । क्वाइन मार्केटक्यापका अनुसार, प्रत्येक बिट्क्वाइनको हालको बजार मूल्य  लगभग ८७ हजार डलर रहेको छ । जसको मूल्य मूल्य भने १७.५ अर्ब डलर हुन आउछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.