काठमाण्डौ । मंगलबार घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।