सोमबार, श्रावण १८,२०८३ 02:24:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:55
Bizshala
Global IME Bank Limited

विश्व व्यापार युद्धको खतराका कारण किर्तिमानी उचाईमा सुनको मूल्य, प्रतिऔंस ३ हजार डलर नजिक

विश्व व्यापार युद्धको खतराका कारण किर्तिमानी उचाईमा सुनको मूल्य, प्रतिऔंस ३ हजार डलर नजिक
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य १.६६ प्रतिशत अर्थात ४८.८१ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९८८.०९ डलर पुगेको छ । कारोबारको दौरान सुनको मूल्य २९९० डलरसम्म पुगेको थियो । यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार डलरको कोसेढुङ्गा नजिक पुगेको छ ।  

विश्वभर छाएको व्यापरयुद्धको त्रासले लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएसँगै त्यसको प्रभाव सुनको मूल्यमा परेको विश्लेषकले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफविरुद्ध हालै युरोपेली युनियनले पनि कदम चाल्दै अमेरिकी वस्तुहरुमाथि पनि कर लगाउने घोषणा गरेको छ ।  

ट्रम्पले युरोपबाट आयात हुने वाइन र स्प्रीटमाथि २०० प्रतिशत ट्यारिफ लगाउने बताएसँगै युरोपेली युनियनले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर लगाउने बताएको छ ।  

यस्तै लगानीकर्ताको नजर यतिबेला अमेरिकी केन्द्रीय बैंक,‘फेड’को आगामी बुधबार बस्न लागेको मौद्रिक नीतिको बैठकमा केन्द्रीत छ । फेडले ब्याजदर ४.२५ प्रतिशत देखि ४.५० प्रतिशतको बीचमा राख्ने अपेक्षा गरिएको छ ।  

आज चाँदीको मूल्य समेत वृद्धि भएको छ । चाँदीको मूल्य आज ०.५३ डलरले बढ्दै प्रतिऔंस ३३.८१ डलर पुगेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.