सोमबार, श्रावण १८,२०८३ 02:29:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:50
Bizshala
Global IME Bank Limited

नेप्सेको आगामी नेतृत्वका लागि सर्टलिस्ट तयार: तत्कालीन सीईओ आउट, सम्भावना कसको ?

नेप्सेको आगामी नेतृत्वका लागि सर्टलिस्ट तयार: तत्कालीन सीईओ आउट, सम्भावना कसको ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । जसमा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको नाम आउट भएको देखिएको छ ।  

नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पनि पुनः सोही पदमा आवेदन दिएकोमा उनको नाम सर्टलिस्टमा नपरेको हो । सीइओ कार्कीको कार्यकाल असफल भएको र उनले कार्यकालभरि बजार सुधार तथा नेप्सेको आन्तरिक प्रणाली व्यवस्थापनमा समेत असफलता प्राप्त गरेका टिप्पणी हुँदै आएको छ । पुनः सीईओ हुने चाहना राखेर उनले आवेदन दिए पनि सर्टलिस्टमै उनको नाम नपरेको हो । 

उनी तत्कालीन अर्थमन्त्री वर्षमान पुनको खास जोडबलमा नेप्सेको सीईओ बनेका थिए । माओवादीको सरकार ढलेसँगै उनको पुनः नेप्सेमा फर्किने योजना तुहिएको हो ।  

तत्कालीन सीईओ कार्कीको नाम नसमेटिएको सर्टलिस्टमा नेप्सेकै सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडका तत्कालीन सीईओ पूर्णप्रसाद आचार्यको नाम पनि समेटिएको छ ।  

सर्टलिस्टमा पर्ने अन्य नामहरुमा चूडामणि चापागाईं, नारदकुमार लुईँटेल, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेको छ ।  

नेप्सेको सीईओ पदका लागि आवेदन दिएकाहरुको शैक्षिक योग्यता र व्यवसायिक कार्य योजनाको मूल्याङ्कनका क्रममा सबैभन्दा बढी अंक प्राप्त गरेका ५ जनाको नाम सर्टलिस्टमा राखिएको नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले जनाएको छ । 

को बन्ला नेप्सेको सीईओ ?

सर्टलिस्टमा परेका पाँचजनालाई चैत ६ गते बुधबार बिहान ७ बजेदेखि व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।  

प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले ५ मध्येबाट तीनजनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसपछि सरकारले तिनै तीन नाममध्येबाट एकजनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।  

उच्च स्रोतहरुका अनुसार सरकारलाई सिफारिसमा पर्नसक्ने तीन सम्भावित नामहरुमा पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल र नारदकुमार लुइँटेल रहेको छ । यी तीनमध्येबाट पनि नेप्सेको आगामी सीईओमा आचार्यले बाजी मार्नसक्ने प्रवल सम्भावना छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.