सोमबार, श्रावण १८,२०८३ 03:43:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:43:10
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?

कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आजको कारोबारमा डब्लूटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य वृद्धि भएको छ ।  

डब्लूटीआई क्रुडको मूल्य ०.६१ प्रतिशतले बढ्दै प्रतिब्यारेल ६७.५९ डलर पुगेको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि आज ०.५८ प्रतिशतले बढेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य आज प्रतिब्यारेल ७०.०९ डलरमा कारोबार भईरहेको छ ।  

अमेरिकी रक्षा सचिवले येमनको हुथी समूहले जहाजमाथि आक्रमण अन्त्य नगरेसम्म जवाफी आक्रमण जारी राख्ने बताएसँगै तेलको आपूर्तिमा अवरोध हुने आँकलनका साथ कच्चा तेलको मूल्य बढेको हो ।  

यस्तै चीनको मागमा सुधार आउने सम्भावनाका कारण समेत तेलको मूल्य उकालो लागेको विश्लेषकले बताएका छन् । चीनले वस्तुको उपभोग बढाउनका लागि आइतबार नयाँ सुधारका कार्यक्रमहरु घोषणा गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.