• आईतवार, भाद्र २९,२०८२ 01:27:40
Global IME Bank Limited

घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता, सिद्धार्थ बैंकले एकल लगानी गर्ने

Hyundai Nepal
घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता, सिद्धार्थ बैंकले एकल लगानी गर्ने

काठमाण्डौ । प्रस्तावित नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना संञ्चालनका लागि सम्झौता गरिएको छ । दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा पौने २ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ ।

आयोजनाबाट आगामी २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य निर्माण पक्षको रहेको छ । कुल ८ मेगावाट जडित क्षमता भएको उक्त आयोजना एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको परियोजना हो ।

८ मेगावाट क्षमताको तादी घ्याङ फेदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आयोजनामा सिद्धार्थ बैंकले एकल लगानी गर्ने भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

वित्तीय व्यवस्थापन सम्झौतामा बुधवार द्विपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको तर्फबाट एबीपी इनर्जी प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैङ्कका तर्फबाट  क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार आयोजनामा बैंकले १ अर्ब २३ करोड ऋण लगानी गर्ने छ । आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली हिउँद याममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षा याममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको जनाइएको छ । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।

सो जलविद्युत आयोजनाका लागि २२८१ दशमलव ३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२ दशमलव ०८ मिटर पेन स्टक पाइप निर्माण गरिनेछ ।

उत्पादित विद्युत् ३३ केभी सिङ्गल सर्किटको १० किमी प्रसारण लाइन निर्माण गरेर समुन्द्र टार सब स्टेसनमा जोडिनेछ । एबीपी इनर्जीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसमेत रहेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.