काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।