IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 10:15:11
IME remit
Global IME Bank Limited

योग्यता विवादमा मुछिएका लुइँटेल नेप्सेको सीईओमा नियुक्त

Hyundai Nepal
योग्यता विवादमा मुछिएका लुइँटेल नेप्सेको सीईओमा नियुक्त
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।  

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको सरकारका एक मन्त्रीले बिजशालालाई जानकारी दिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

नेप्सेको सीईओ बनेका लुइँटेल सर्लाही स्थायी घर भई तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्ति गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए । तर पुँजीबजार वा वित्तीय क्षेत्रमा काम गरेको लामो अनुभव लुइँटेलसँग छैन । उनी साढे २ वर्ष मात्रै कम्पनी सचिव भएका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

उनी सर्टलिष्टमा परेको दिनदेखि नै नेप्सेको सीईओका लागि हाल कार्यविधिले तोकेको योग्यता नपुग्ने भन्दै विवाद भएको थियो । सो कार्यबिधिमा भनिएको छ ‘पूँजीबजार वा वित्तिय क्षेत्र वा व्यबस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च ब्यबस्थापकिय क्षेत्रमा अनुभव सहित कम्तीमा १५ वर्षको अनुभव हुनुपर्ने ।’

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.