सोमबार, श्रावण १८,२०८३ 02:24:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:40
Bizshala
Global IME Bank Limited

टेस्लालाई पछि पार्दै बीवाईडीले आर्जन गर्यो १ खर्ब डलर बढी

टेस्लालाई पछि पार्दै बीवाईडीले आर्जन गर्यो १ खर्ब डलर बढी
New Office

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले अमेरिकी प्रतिष्पर्धि कम्पनी टेस्लालाई उछिनेको छ । कम्पनीले आम्दानीको मामिलामा टेस्लालाई पछि पारेको हो ।  

कम्पनीले सन् २०२४ मा वार्षिक ७७७ अर्ब युआन(१०७ अर्ब डलर) आम्दानी गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ । हाईब्रिड सवारी साधनको बिक्रीमा आएको उछालसँगै कम्पनीको आम्दानी बढेको हो ।  

टेस्लाले भने सन् २०२४ मा ९७.७ अर्ब डलर आम्दानी गरेको छ ।  

बीवाईडीका अध्यक्ष वाङ चुवाङफुले कम्पनीले १ करोड ईभी सवारी बिक्रीको कोसेढुङ्गा पार गरेको बताएका छन् । उनले बीवाईडी ब्याट्री,इ्रलेक्ट्रोनिक्स र नयाँ ईभी सवारीको क्षेत्रमा अग्रेणी अटो निर्माताको रुपमा उभिएको बताएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.