काठमाण्डौ । सुनको मूल्य फेरि बढ्न सुरु गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
यो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ एक तोलामा २ सय रुपैयाँले घटेको थियो ।
दुईदिनसम्म स्थिर रहेको चाँदीको भाउ समेत आज बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।