सोमबार, श्रावण १८,२०८३ 02:07:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:03
Bizshala
Global IME Bank Limited

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सद्वारा एनएसएलको ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सद्वारा एनएसएलको ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण
New Office

काठमाण्डौ । काठमाण्डौ रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाण्डौ रेजर्सलेले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा ‘एनएसएल सिजन ३’ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाण्डौ रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गरेको छ ।  जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्याएको कम्पनीको भनाई छ ।  

नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्याली बसन्तपुर र काठमाण्डौका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाण्डौ रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको जनाइएको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई(प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल–टाइम डायग्नोस्टिक्सको लागि ओबीडी–आईआईपनि छ । जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.