काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको थियो ।
सुनसँगै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार २० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।