काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २५० रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेृछ । इच्छुक लगानीकर्तालेले चैत २७ गतेभित्र आवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।