सोमबार, श्रावण १८,२०८३ 02:24:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:24
Bizshala
Global IME Bank Limited

एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल

एलन मस्कको एक्स प्लेटफममा ठूलो अपडेट,अब निःशुल्क गर्न सकिन्छ अडियो र भिडियो कल
New Office

काठमाण्डौ । एलन मस्को एक्स प्लेटफर्म(साविकको ट्विटर)मा ठूलो अपडेट गरिएको छ । एक्समा सबै प्रयोगकर्तालाई निःशुल्क अडियो तथा भिडियो कल फिचर्सको प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ ।  

यसअघि यो फिचर्स ब्लु टिक भएका प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध थियो । यसअघि भिडियो तथा अडियोका लागि ब्लू सब्सक्रिप्सन लिनु पर्ने व्यवस्था थियो । जसका लागि मासिक रुपमा पैसा तिर्नु पर्थो ।  

तर अब भने एक्सका प्रयोगकर्ताले निःशुल्क रुपमै यो सुविधा पाउने भएका छन् । यसको जानकारी एक्स प्लेटफर्मका इन्जीनियर इन्रिक बारागानले दिएका हुन् । यो फिचर्सपश्चात प्रयोगकर्ताले एक्स एप्सबाट कल इत्यादि गर्न सक्नेछन् ।  

एक्स प्लेटफर्ममा गत वर्षदेखि अडियो तथा भिडियो कलिङ फिचर्सको सुरुवात भएको थियो । यो सुविधा पहिलो चरण अन्तर्गत आईओएस प्रयोगकर्ताका लागि सुरु गरिएको थियो । सुरुवातमा यो फिचर्सलाई प्रिमियम सब्सक्राइबरका लागि सीमित गरिएको थियो । यसपश्चात यसलाई यस वर्षको सुरुवातमा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको थियो । तर अहिलेसम्म यो प्रिमियम सब्सक्राइबरसम्म मात्रै सीमित थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.