सोमबार, श्रावण १८,२०८३ 02:26:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:59
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको एटीएमबाट कार्ड बिनै ई-सेवा वालेटको रकम निकाल्न सकिने

एनआईसी एशिया बैंकको एटीएमबाट कार्ड बिनै ई-सेवा वालेटको रकम निकाल्न सकिने
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले देशभर रहेका आफ्ना एटीएमहरुबाट ई–सेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरु तथा ई–सेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने उद्देश्यले यो सेवाको सुरुवात गरेको हो । 

यससँगै अब मुलकभर रहेका बैंकका ६७० एटीएमहरुबाट ई–सेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिनेछ ।

यसको निम्ती सबैभन्दा पहिला ई–सेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATMWithdrawal मा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार रु. १ हजार, रु. २ हजार, रु. ३ हजार, रु. ४ हजार र रु. ५ हजार रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ । त्यसपछि ई–सेवा पिन राखेपछि मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब एनआईसी एशिया बैंकको एटीएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इ-सेवा छनौट गर्नुपर्छ ।  

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.