काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले ‘टर्म इन्स्योरेन्स’लाई बढावा दिनुपर्नेमा जोड दिएका छन । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन।
कम्पनीहरुले सावधिक बीमालाई मात्र नभइ ‘टर्म इन्स्योरेन्स’लाई पनि प्राथमिकता दिनुपर्ने उनले जोड दिए । ‘अहिलेको समयमा सावधिक बीमा भन्दा निश्चित अवधिको बीमालाई बीमकहरुले बढी जोड दिनु पर्ने देखिन्छ’ उनले भने,‘इन्डोमेन्ट प्लानबाट मात्रै अहिलेको समयमा राइट रिस्क कभर हुदैन टर्म पोलिसीका प्याकेजहरुलाई सपोर्ट गरेर अघि बढाउन आवश्यक छ ।’
साथै, जीवन बीमा कम्पनीहरुले शाखा कार्यालयमा टार्गेट दिदा पनि सो खालका पोलिसीलाई प्राथमिक दिनुपर्ने उनले निर्देशन दिए । ‘अहिले बीमकहरुले जसरी शाखा(शाखामा इन्डोमेन्ट पोलिसी बिक्री गर्न टार्गेट दिएको हुन्छ त्यसरी नै टर्म पोलिसीलाई पनि टार्गेट दिनुपर्छु उनले भने, ‘बीमितहरुको जोखिम ब्यबस्थापन गर्न टर्म इन्स्योरेन्सको प्याकेजहरुलाई सपोर्ट गरौँ ।’

