काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १०.६४ डलरले वृद्धि भएको हो ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४५.३२ डलर पुगेको छ ।
पछिल्लो २४ घण्टामा सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १ प्रतिशत अर्थात ०.२२ डलरले बढ्दै प्रतिऔंस २२.६८ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।