TRENDING
युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
- Capital Market
- बुधबार, चैत्र २७,२०८१ 07:48:47
काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
उक्त सभामा गत जेठ २७ गते सम्पन्न कम्पनीको १० औं साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई संशोधन गरी १ः०.६५ अनुपात कायम गर्ने र हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा अन्य लगानीयोग्य पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिनेछ ।
यो पनि हेर्नुहोस
आईसीएफसी फाइनान्सको नाफासँगै घट्यो ईपीएस
- by Bizshala
- 6 घण्टा अगाडी
स्थानीयलाई अंकित मूल्यमै सेयर दिन इप्पानको आग्रह
- by Bizshala
- 20 घण्टा अगाडी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।