IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 10:29:06
IME remit
Global IME Bank Limited

प्रि–ओपन र अन्तिम १५ मिनेटको भारित औषतको विषयमा लगानीकर्ताको गुनासो बढ्दै, के भन्छ नेप्से ?

Hyundai Nepal
प्रि–ओपन र अन्तिम १५ मिनेटको भारित औषतको विषयमा लगानीकर्ताको गुनासो बढ्दै, के भन्छ नेप्से ?
Shivam Cement

काठमाण्डौ। नेप्सेले हालै लागू गरेको अन्तिम १५ मिनेट र प्रि–ओपन सेसनको विषयमा लगानीकर्ताहरुबाट गुनासो सुनिन थालेको छ । अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा बजारमा दुईथरी विचार सुनिन्छ । एक थरीले यो आवश्यक नै नरहेको भन्ने तर्क गर्ने गरेका छन् भने अर्को थरीले १५ मिनेट्बाट बढाएर आधा घण्टा हुनु पर्ने बिचार पनि राखेको पाइन्छ ।  

यो विधि खासगरि अन्तिम समयमा खेलाडीले सेयरको मूल्यमा गरेको चलखेल रोक्ने उद्देश्यले नेप्सेले ल्याएको थियो । तर सेयर खेलाडीले भने अनेक जुक्ति लगाउन छाडेका भने छैनन् । अहिले पनि अन्तिम समयमा सेयरका ठूला कित्ताहरु म्याचिङ गरेर मूल्य प्रभावित गर्ने गरेको चर्चा बजारमा सुनिन्छ । लगानीकर्ताहरुले नेप्सेको सुूचक ढिलो अपडेट हुने गरेको गुनासो पनि गरेको सुनिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यसै विषयमा नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले डेटा अपडेट गर्न केही समय लागेको कारण सूचना अपडेट गर्न ढिलो भएको बताए । बिस्तारै यसको समय पनि घट्दै जाने उनको भनाइ छ ।  

त्यसैगरि, हाल बजारमा प्रि – ओपन सेसनको विषयमा पनि विभिन्न सामाजिक सञ्जालहरुमा चर्चा चलेको पाइन्छ । खासगरि, लगानीकर्ताहरुले प्रि –ओपन सेसनमा बजारको मूल्यमा चलखेल गर्ने गरेको आरोप लगाउँदै आएका छन् । प्रि –ओपन सेसन १०ः३० देखि १०ः४५ बजेसम्म चल्ने गर्छ । यस विषयमा बोल्दै नेप्सेका प्रवक्ता पराजुलीले भने, ‘नेप्सेमा नियमित कारोबार हुन भन्दा पहिले र पछि इन्ड अफ डे र बिगिनिङ अफ द डे हुने गरेको छ। बिगिनिङ अफ द डे अर्थात प्रि–ओपनका केही उद्देश्य हुन्छन् ।’ उनले थप्दै भने,  ‘प्रि ओपन सेसनले नियमित सेसनको उतारचढावलाई कम गर्छ । यो विश्वभरकै पूँजीबजारमा हुने गर्छ । ’

CG Motors
Muktinath Bikas Bank Limited

उनले उदाहरण दिँदै भने, ‘जस्तो ३ बजेपछि कुनै घटना क्रमले भोलिपल्टको  बजारमा ठूलो उतारचढाव हुने अवस्था आयो भने त्यस्तो अवस्थामा प्रि–ओपन सेसनमा नै बजारमा उतारचढाव हुन्छ । जसले नियमित सेसनमा बजारमा यसको प्रभाव कम हुन्छ । यसले फेयर भ्यालु निधारण गर्ने गर्छ । यसकारण यो हटाउने विषय होइन । यदि कतैबाट गुनासो छ भने यो लगानीकर्ताले नबुझेर हो ।’  

‘यसैगरि हालको अडर राख्दाको २ प्रतिशतले तलमाथि गर्न मिल्ने नियम पनि बजार रेगुलेसन गर्न नै तय गरिएको हो । यसलाई कारोबार बिनियामावली परिवर्तन गरेर हेरफेर गर्न सकिन्छ । मुख्य विषय हाम्रो जस्तो बजारमा यसको आवश्यकता कति छ भन्ने नै हो,’ पराजुलीले भने ।

 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.