काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न ६ वटा पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अर्धदक्ष चाटर्ड अकाउन्टेन्ट,कानून विभाग,डिजिटल अपरेशन डिपार्टमेन्ट,डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ,ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
सहायक पदका लागि आवेदकको उमेर ३० वर्ष नकटेको र अफिसर स्तरका लागि ३५ वर्ष नकटेको हुनु पर्नेछ । इ्रच्छुक तथा योग्य आवेदकले आगामी वैशाख १० गतेसम्म आवेदन दिनु पर्नेछ । सुरुवाती प्रक्रियामा छनौट भएकालाई मात्रै आगामी छनौट प्रक्रियाका लागि बोलाइने बैंकले जनाएको छ ।