सोमबार, श्रावण १८,२०८३ 03:42:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:24
Bizshala
Global IME Bank Limited

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

‘निजी क्षेत्र र  सरकार हातेमालो गर्दै अगाडि बढ्न सक्छ । यसको लागि सरकारलाई निजी क्षेत्रले बाध्य बनाउनु पर्छ । तर सरकारलाई बाध्य बनाउन आन्दोलन गरि राख्न आवश्यक छैन,’ ओलीले भने, ‘निजी क्षेत्र देश विकासका लागि सरकार कम्मर कसेर लागेको छ । सरकारको तर्फबाट पनि सोहि अनुसार सहयोग भई रहेको छ ।’

उक्त अवसरमा प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र अगाडि बढाउन,उद्योग  सञ्चालन, प्रवद्दन का लागि उत्कृष्ट नीति सरकारले बनाएको स्मरण गराए ।  

उनले अहिलेको सरकारको गठन देशमा स्थायित्व र सम्वृद्धि ल्याउनका लागि भएको समेत उनले बताए । ‘सरकार र सरकारका नीतिहरू छिटो बदलिने, उत्तरदायित्व बिर्सने, अर्को सरकारले ल्याएको राम्रो काम नसमेट्ने भन्ने मानसिकता यहाँ छ । यसलाई बदल्नु पर्छ ,’ प्रधानमन्त्रीले भने ।  

उनले अहिले आम्दानीले घर नचल्ने अवस्था नभएकाले नागरिकलाई बचत गर्न सिकाउन आवश्यक भएको औल्याए । यसो भयो भने मात्रै देश विकास हुने धारणा प्रधानमन्त्री ओलीले राखे ।  

यस्तै फरक प्रसंगमा उनले देशमा भ्रष्टाचारको अन्त्य र जनतालाई कसरी सहज तरिकाले सेवा दिन सकिन्छ भनेर लागिपरेको दाबी गरे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.