काठमाण्डौ । मंगलबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँ रहेको सुनको मूल्य आज घटेर १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसरी आज सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट आएको निेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम थियो ।
यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।