सोमबार, श्रावण १८,२०८३ 02:28:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:19
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा करिब १२० डलरको उछाल, ३३ सय डलरको आँकडा पार

सुनको मूल्यमा करिब १२० डलरको उछाल, ३३ सय डलरको आँकडा पार
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । यससँगै सुनको मूल्यले ३३ सय डलरको आँकडा पार गरेको छ ।  

आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ३.७१ डलर अर्थात ११९.४७ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्रािष्ट्रय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३४२.१३ डलरमा कारोबार भईरहेको छ ।  

डलर कमजोर बन्दा र अमेरिका चीनबीचको व्यापार तनाव वृद्धि भएसँगै लगानीकर्ता सुरक्षित लगानीको रुपमा आकर्षिक भएका छन् । यसले सुनको माग बढ्न गई मूल्य आकाशिएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । 

विश्लेषकहरुले अब सुनको मूल्य प्रतिऔंस ३५ सय डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् । यद्यपी यो बीचमा नाफा बुक र अमेरिका र चीनबीचको व्यापार सम्बन्ध सकारात्मक बन्यो भने मूल्य घट्न पनि सक्ने उनीहरुको धारणा छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार अमेरिकामा आयात हुने दुलर्भ खनिज पदार्थहरुमा लगाउने सकिने सम्भावित ट्यारिफका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । यसले विश्व व्यापार संकटमा थप दबाब सिर्जना गरेको छ ।  

यस्तै डलर पनि आफ्ना प्रतिष्पर्धि मुद्राहरुको तुलनामा करिब तीन वर्षकै कमजोर बनेको छ । डलर कमजोर बनेसँगै डलरबाहेकका मुद्रा भएकाहरुका लागि सुन सस्तो पर्न जान्छ । उनीहरुको सुनको खरिद बढाएसँगै माग बढेको छ । जसका कारण अन्ततः सुनको मूल्य उकालो लाग्ने गर्छ ।  

आज चाँदीको मूल्य पनि ०.२१ प्रतिशतले बढेर प्रतिऔंस ३२.५२ डलरमा कारोबार भईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.