काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर(जुनियरदेखि सिनियर) १ जना,केहि संख्यामा कोशी,मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
सर्ट लिस्टमा परेका आवेदकहरुलाई मात्रै अगाडीको छनोट प्रक्रियामा सामेल गरिने बैंकले जनाएको छ । इच्छुक तथा योग्य आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।