सोमबार, श्रावण १८,२०८३ 03:38:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:38:27
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवका अवसरमा घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवका अवसरमा घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था
New Office

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका करिब १९ सय व्यक्तिहरुलाई चैत २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो अठारौं वार्षिककोत्सव यहि बैशाख ७ गते मनाउदै छ । 

भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाण्डौका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।  

साथै, बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र ०२ गतेदेखि बैशाख ५ गते सम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापतिचोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो ।  

यी स्वास्थ्य शिविरहरूबाट करिब १७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् ।  

हरेक वर्ष बैंकले आफ्नो बार्षिकोत्सवको  उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.