काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा ४६ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ८ करोड ७० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा २ करोड ९० लाखरुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।
इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी वैशाख १० गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको र बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खूद तरल सम्पत्ति अनुपात कायम गरेको हुनु पर्नेछ ।
यस्तै, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनु पर्नेछ ।
यसका साथै सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको समेत हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।