काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन ६ हजार ९ सय रुपैयाँले बढेको सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।