काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आगामी जेठ महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी जेठ ४ गते ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।