काठमाण्डौ । अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्यमा १ सय रुपैयाँको सामान्य बढोत्तरी आएको थियो ।
आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।