काठमाण्डौ । बुहमूल्य पहँलो धातु सुनको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य २.७१ प्रतिशत अर्थात ९० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २३३ डलरमा कारोबार भईरहेको छ । पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा कमजोर भएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन सक्ने आँकलनका बीच सुनको मूल्यमा भारी गिरावट आएको हो ।
ताजा तथ्यांक अनुसार अमेरिकाको जीडीपी ०.३ प्रतिशतले संकुचित बनेको छ । यसले फेडरल रिजर्भलाई ब्याजदर कटौती गर्ने बाटो खुला भएको विश्लेषकहरुले बताएका छन् ।
गत अप्रिल २२ मा प्रतिऔंस ३५ सय डलरसम्मको उचाईमा पुगेको सुनको भाउ त्यसयता भने निरन्तर घटिरहेको छ ।
आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदीको मूल्य आज १.२० डलरले घट्दै प्रतिऔंस ३२.११ डलरमा कारोबार भईरहेको छ ।