काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन भारी गिरावट आएको सुनको मूल्य आज भने बढेको हो ।
आज सुनको मूल्य १.१५ प्रतिशत अर्थात ३६.६१ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २५४ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य ०.४८ डलरले बढ्दै प्रतिऔंस ३२.७ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।