IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 04:33:43
IME remit
Global IME Bank Limited

आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति

Hyundai Nepal
आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति
Shivam Cement

काठमाण्डौ । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रको कानूनी र संस्थागत विकास गर्न र सो क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न एकीकृत बीमा नीतिको आवश्यक महसुस गरी सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो ।  

मन्त्रिपरिषदको मंसिर २२ गतेको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो ।  

प्राधिकरणले बीमा नीतिमा समावेश भएका केही नीतिहरु फेरबदल हुँदा बीमा नीति कार्यान्वयन हुन ढिलाई भएको हो । बीमा क्षेत्रको विस्तारसँगै बीमा व्यवसायको प्रभावकारीता अभिबृद्धि गर्दै सरल, सहज, प्रविधिमैत्री, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन बीमा नीति, २०८० ल्याइएको हो ।  

साथै दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको हक हितको संरक्षण गर्दै बीमा व्यवसायलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउन यो नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।  

प्रतिस्पर्धी र विश्वसनीय बीमा प्रणालीको विकास एवं विस्तार गरी बीमा क्षेत्रमा संस्थागत सुशासन कायम गर्ने बीमा नीतिको लक्ष्य रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

साथै यस नीति कार्यान्वयनमा आएपश्चात् बीमा सेवाको गुणस्तर अभिबृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न, जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन र बीमितको हकहित संरक्षण गर्न बीमा नीति ल्याइएको हो ।  

यस्तो छ कार्यनीति

– बीमा क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रुपमा विकास गर्ने

– बीमा सेवालाई सरल, सहज, पहुँचयोग्य र समावेशी बनाउने

– बीमालाई आधुनिक र प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गर्ने  

– बीमा क्षेत्रको संस्थागत सुदृढीकरण, विकास तथा विस्ता गर्ने  

– बीमा क्षेत्रमा संस्थागत सुशासन अभिबृद्धि गर्ने  

– वित्तीय स्थायित्व कायम गर्ने सशक्त औजारका रुपमा बीमाको विकास गर्ने

– बीमा क्षेत्रलाई दिगो विकास र गरिबी न्यूनीकरण नीतिसँग आबद्ध गर्ने

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.