काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले आगामी जेठ १६ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभा चितवनमा रहेको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लागि बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने र सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गरिनेछ ।
यस्तै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च समेत अनुमोदन हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।