सोमबार, श्रावण १८,२०८३ 02:29:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:16
Bizshala
Global IME Bank Limited

ट्रम्पको आगमनसँगै देश छाड्ने अमेरिकीको संख्या वृद्धि, युरोप पहिलो रोजाई बन्दै

ट्रम्पको आगमनसँगै देश छाड्ने अमेरिकीको संख्या वृद्धि, युरोप पहिलो रोजाई बन्दै
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएर आएसँगै अमेरिका छाड्ने वा छाड्न चाहने अमेरिकी नागरिकको संख्या ह्वात्तै बढेको छ । अमेरिकी नागरिकहरु विशेष गरेर युरोपेली देशहरुप्रति आकर्षित भईरहेको रोयटर्सले जनाएको छ ।  

रोयसर्टको रिपोर्टका अनुसार आयरल्याण्डको पार्सपोर्टका लागि आवेदन दिने अमेरिकीहरुको संख्या यो वर्षको पहिलो दुई महिनामा पछिल्लो एक दशककै उच्च पुगेको छ । जनवरी र फेब्रुअरी महिनामा औषत आवेदन दिनेको संख्या करिब ४ हजार ३ सय पुगेको छ । आयरल्यणडको विदेश मामिला विभागको तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा ६० प्रतिशतले बढी हो ।  

यस्तै फ्रान्समा पनि लामो बसाई अवधिका लागि आवेदन दिने अमेरिकीको संख्या वर्षको पहिलो ३ महिनामा बढेर २ हजार ३८३ पुगेको छ । गत वर्ष सोही अवधिमा यो संख्या १ हजार ९८० थियो । जनवरीदेखि मार्चको अवधिमा फ्रान्सेली अधिकारीहरुले २ हजार १७८ जनालाई बसाई लम्बाउन अनुमति दिएका छन् । गत वर्ष भने यो संख्या १ हजार ७८७ थियो।  

यस्तै बेलायतको पार्सपोर्टका लागि सन् २०२४ को अन्तिम ३ महिनामा आवेदन दिने संख्या पछिल्लो दुई दशकको अवधिमा कुनेपनि त्रैमासको संख्या भन्दा बढी हो । यो अवधिमा १ हजार ७०८ जना अमेरिकीले बेलायतको पार्सपोर्टका लागि आवेदन दिएका छन् ।  

बसाईसराईमा सहयोग गर्ने कम्पनी र वेबसाइटका अनुसार पछिल्लो समय विदेशमा रहन चाहने अमेरिकीको संख्या ह्वात्तै बढेको छ । राजनीतिक विभाजन र बढ्दो बन्दुक हिंसाका कारण अमेरिकीहरु विदेशिन खोजिरहेको उनीहरुको भनाई छ । इटलीका गैरआवासिय सल्लाहकार मार्को पर्मुनियमले सन् २०२० मा जो बाइडेन राष्ट्रपति हुँदा पनि इटली आउन चाहने अमेरिकीको संख्या बढेको तर त्यसेबला मुख्य गरेर रिपब्लिकनको संख्या बढी रहेको बताएउछन् ।  

तर रोयटर्सले गरेको कुराकानीमा भने अधिकांश रिलोकेशन कम्पनीहरुले ह्वाइटहाउसमा ट्रम्पको आगमनसँगै अमेरिका छाड्न चाहने अमेरिकीको संख्या निकै बढेको छ । ट्रम्पको नीति र सामाजिक मुद्दाहरुका कारण यो संख्या बढिरहेको कम्पनीहरुले बताएका छन् ।  

ट्रम्पको आगमनअघि केही चर्चित हलिउड स्टारहरुले अमेरिका छाडिसकेका थिए । जसमा टक शो होस्ट एलेन डि डिजेरेरेस र रोजी ओ डननेल समेत छन् ।  

रिलोकेशन कम्पनीहरुले अमेरिकी निर्वाचनको समयदेखि विदेश जाने प्रक्रियाका बारेमा सोधपुछ गर्ने अमेरिकीको संख्या दैनिक बढिरहेको बताएका छन् । यस्तो सोधपुछ २५ प्रतिशतसम्मले बढेको छ ।  

तर युरोप जाने अमेरिकीहरुलाई त्यति सजिलो भने छैन । युरोपमा कामको खोजी,रिमोट वर्कमा प्रतिबन्ध,न्यून तलब र अमेरिकी कर नीति जस्ता कारणले अमेरिकीहरुलाई युरोपमा बसोबास गर्न कठिनाई हुने रिपोर्टमा उल्लेख छ ।  

यद्यपी पोर्चुगल,स्पेन र इटली जस्ता देशहरुमा भने रिमोट वर्करहरुका लागि डिजिटल नोम्याड भिसा चर्चित छ । रिलोकेशन कम्पनीहरुका अनुसार रिटायरमेन्ट भिसा,वर्क परमिट भिसा र विद्यार्थी भिसाको माग समेत बढ्दो छ ।  

तर केही युरोपेली देशहरु भने पहिले देखिनै उच्च पर्यटक आगमनका कारण बसोबासको समस्यामा रहेका छन् । उनीहरु थप विदेशीलाई स्वागत गर्ने मनसायमा देखिदैनन् । राष्ट्रिय अधिकारीहरुले धनाढ्यहरुका लागि भिसा उपलब्ध गराउने स्किममाथि प्रतिबन्ध लगाईरहेका छन् ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.