सोमबार, श्रावण १८,२०८३ 03:40:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:40:11
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन १२० डलरले बढ्यो

सुनको मूल्यमा उछाल, एकैदिन १२० डलरले बढ्यो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ३.७२ प्रतिशत अर्थात १२०.५५ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३६२ डलरमा कारोबार भईरहेको छ । डलर कमजोर बनेसँगै र लगानीकर्ता अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिको प्रतिक्षामा रहेका बेला सुनको मूल्यमा उछाल आएको हो ।

डलर इन्डेक्स ०.१ प्रतिशतले घटेको छ । जसका कारण डलरबाहेकका अन्य मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ । अन्य मुद्रा भएकाहरुले सुनको खरिद बढाउदा माग बढेकाले मूल्य उकालो लागेको हो ।  

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रलाई शतप्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि विश्व व्यापारप्रति ट्रम्प नरम बन्ने छाटकाट नदेखिएको विश्लेषकहरुले बताएका छन् ।  

यो वर्ष थुप्रैपटक अल टाइम हाईको रेकर्ड बनाएको सुनको मूल्य २६ प्रतिशतले बढिसकेको छ ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य १.०४ डलरले बढ्दै प्रतिऔंस ३३.०५ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.