सोमबार, श्रावण १८,२०८३ 03:42:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:17
Bizshala
Global IME Bank Limited

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना कस्तो ?

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना  कस्तो ?
New Office

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) २०४७ सालमा स्थापित अर्ध सरकारी कम्पनी हो । यो कम्पनी पछि २०४८ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । सीआईटीले पेन्सन फण्ड  योजना, म्युचुअल  फण्ड योजना , स्वैच्छिक पेन्सन फण्ड योजना ,पूँजीबजारमा लगानी योजना र आफ्नै ब्रोकिङ स्टक डिलर जस्ता योजना तथा सेवाहरु प्रदान गरिरहेको छ । नेप्सेले यो कम्पनीलाई लगानी क्षेत्रमा राखेको छ । कम्पनीमा ८० प्रतिशत संस्थापक समूह र २० प्रतिशत सर्वसाधरण समूहको सेयर स्वामित्व रहेको छ ।  

आधारभूत  पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ५ अर्ब ३१ करोड ३५ लाख रुपौयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४४ करोड १५ लाख रुपैयाँ रहेको छ । यससँगै कम्पनीको कुल पूँजी ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । दोस्रो आर्थिक वर्षसम्म कम्पनीको खुद मुनाफा ५४ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २०.५५ रुपैयाँ छ । यो भनेको अघिल्लो आर्थिक वर्र्षको तुलनामा १५ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु १६५ रुपैयाँ रहेको छ भने कम्पनीको रिर्टन अन इक्विटी १२.४५ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलानामा सामान्य बढोत्तरी हो । कम्पनीको १० वर्षको औषत लाभांशदर २६.३ प्रतिशत रहेको छ । यसमा बोनस सेयरको हिस्सा धेरै छ ।  

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटरमा यो कम्पनी स्ट्रङ वियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको लगानीकर्ता निकै डराएका छन् भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २६६९ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८५२ रुपैयाँ रहेको छ । आजको कारोबार दिनसम्म दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ २१८१ रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र  आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीमा आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसको साथै मूल्य रेखा अपर ब्याण्ड भन्दा माथि पुगेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । यसले कम्पनीको सेयर बढ्न सक्ने संकेत गर्छ । आरएसआइ पनि ओभर सोल्ड जोन नजिकबाट बढेर हाल ६२ को  तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयर भाउमा खरिद चाप परेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३०४

प्रतिरोध २ –२२४४

प्रतिरोध १– २१६०

पिभट प्वइन्टः २१००

घटेमा सपोर्ट  

सपोर्ट १– २०१६

सपोर्ट २– १९५६

प्रतिरोध ३ –१८७२

निष्कर्षः   आधारभूत पक्षबाट नियाल्दा कम्पनीले पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात बढ्दो क्रममा रहेको देखिन्छ । जगेडा कोषमा करीब ६० प्रतिशतले बढोत्तरी आएको छ । बुक भ्यालुमा भने सामान्य गिरावट आएको छ । कम्पनीले प्रतिसेयर आम्दानीमा पनि प्रगति गरेको देखिन्छ । कम्पनीको चुक्तापूँजी बढ्दा पनि खुद मुनाफामा भने सामान्य वृद्धि भएको देखिन्छ । प्राविधिक रुपमा पनि यो कम्पनीमा म्याक्डीमा बुलिस क्रसओभर बनेको देखिन्छ । आरएसआई पनि ६० को तहबाट माथि लागेको छ । इन्डिकेटरबाट हेर्दा यो कम्पनीमा बाई कन्फरमेसन दिएको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा सुपर ट्रेन्डले पनि यो कम्पनीमा खरिद कन्फरमेसन दिएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.