काठमाण्डौ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ७ सयले बढेको सुनको मूल्य आज पनि ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।