सोमबार, श्रावण १८,२०८३ 02:07:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:04
Bizshala
Global IME Bank Limited

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिमले अटोमोबाइल वर्कशपहरुमा सुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । 

विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो ।  

नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओयसयच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । इन्स्योरसँगको सहकार्यमा नाडाले दुई बर्ष अघि देखि अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको हो ।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिवकुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । सो समापन कार्यक्रममा नाडाका केन्द्रिय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो । सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.