सोमबार, श्रावण १८,२०८३ 02:29:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:16
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफको नाफा २७% ले वृद्धि, रिटेन्ड अर्निङ ७२.२१ करोड

सिटिजन लाइफको नाफा २७% ले वृद्धि, रिटेन्ड अर्निङ ७२.२१ करोड
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २०.६७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

यस्तै अघिल्लो आवमा ५ अर्ब २१ करोड रहेको कुल आम्दानी बढेर ६ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा २०.६७ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ९६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४ अर्ब ९३ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड १२ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङको आकार ७२ करोड २१ लाखबाट बढेर ९८ करोड ४५ लाख पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१९.१४ रुपैयाँ र पीई अनुपात ५२.१६ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.