सोमबार, श्रावण १८,२०८३ 02:28:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:21
Bizshala
Global IME Bank Limited

आईफोनको मूल्य बढाउदै एप्पल

आईफोनको मूल्य बढाउदै एप्पल
New Office

काठमाण्डौ । अमेरिकी कम्पनी एप्पलले आईफोनको मूल्य बढाउने भएको छ । कम्पनीले अब आउने आफ्ना आईफोन लाइनअपको मूल्य बढाउने योजना बनाएको हो ।  

यद्यपी कम्पनीले यो मूल्यवृद्धिलाई अमेरिकी ट्यारिफको प्रभावको परिणाम मान्न अस्वीकार गरेको छ । अधिकांश आईफोन चीनमा एसेम्बल हुने गर्छ ।  

कम्पनीको सेयरमूल्य आज प्रि–मार्केट टे«डिङमा ७ प्रतिशतले बढेको छ । सोमबार अमेरिका र चीनबीच अस्थाई रुपमा ट्यारिफ घटाउने सम्झौता भएको थियो । जसका कारण अमेरिकी सेयर बजारमा सुधार देखिएको छ ।  

यद्यपी अहिलेपनि अमेरिकामा आयात हुने चिनियाँ वस्तुहरुमा ३० प्रतिशत ट्यारिफ भने यथावत नै रहेको छ । पछिल्लो समय चीन अमेरिकाबीचको व्यापारिक द्धन्द्धका कारण सबैभन्दा बढी प्रभावित हुने कम्पनीहरुमध्ये एप्पल पनि एक हो ।  

आईफोनको मूल्य बढेपश्चात ट्यारिफका कारण विश्व आपूर्ति श्रृंखला प्रभावित बनेर उच्च लागतको सामना गरिरहेको एप्पललाई राहत पुग्ने विश्वास गरिएको छ । यतिेबला कम्पनी भारतमा आफ्नो उत्पादन सिफ्ट गर्न बाध्य बनेको छ ।  

केही समयअघि एप्पलले ट्यारिफका कारण अप्रिल–जुन त्रैमासमा कम्पनीको खर्च ९०० मिलियन डलरले थपिने जनाएको थियो ।  

विज्ञहरुले आईफोनको मूल्य बढ्न सक्ने आँकलन गर्दै आईरहेका थिए । उनीहरुले आईफोन मूल्य बढे यसले सामसुङ जस्ता प्रतिष्पर्धि कम्पनीहरुलाई एआई फिचर्सका साथ ग्राहकहरुलाई आकर्षिकत गर्न सहयोग पुग्ने चेतावनी दिएका थिए ।  

हालै मात्रै आईफोनको सबैभन्दा सस्तो मोडल ,‘आईफोन १६’ अमेरिकामा लञ्च गरिएको थियो । जसको मूल्य ७९९ डलर निर्धारण गरिएको थियो । तर गत महिनाले रोजेनबलाटले गरेको प्रक्षेपणमा ट्यारिफका कारण यसको मूल्य १ हजार १४२ डलरसम्म पुग्ने जनाइएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.