सोमबार, श्रावण १८,२०८३ 02:24:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:17
Bizshala
Global IME Bank Limited

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’ वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’  वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पनि परिकल्पना गरेको मार्जिन ट्रेडिङ वर्षौदेखि अलपत्र परेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्रोकरहरु मार्फत पनि सेयर कर्जा प्रभाव गर्ने विधि अर्थात मार्जिन ट्रेडिङको परिकल्पना गरेको थियो ।  

तर यो विषय अझैसम्म अलपत्र परेको छ । हाल लगानीकर्ताहरुले बैंक तथा वित्तीय क्षेत्रबाट मात्रै सेयर कर्जा लिने गरेका छन् । यसरी बैंक तथा वित्तिय क्षेत्रहरुले मात्रै सेयर कर्जा दिने प्रचलन भएकाले लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको ब्यग्र प्रतिक्षा गर्ने गर्छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ४/१२ को नीति लिए पछि सेयर बजार निकै प्रभावित भएको थियो । यस विषयमा नेपाल राष्ट्र बैंकको निकै आलोचना सूरु भए पछि राष्ट्र बैंकले पनि सेयर धितो कर्जा अर्थात मार्जिन ट्रेडिङ ब्रोकहरुबाट नै गरिनु पर्ने बताउँदै आएको छ ।  

नप्सेका प्रवक्ता मुराहरी पराजुलीले २०७६ सालमा केही ब्रोकरहरुले सूरु गरेता पनि पछिल्लोपटक धितोपत्र बोर्डले केही नीतिमा परिमार्जन गर्ने भन्दै अध्ययन समिति बनाएता पनि त्यो विषय हाल रोकिएको बताए । त्यसपछि धितोपत्र बोर्डमा यस विषयमा के हुँदैछ भन्ने नेप्सेलाई कुनै जानकारी नभएको पवबक्ता पराजुलीले जानकारी दिए ।  

हाल नेप्सेमा २० कारोडको पूँजी भएका , ६० करोड र १ अर्ब ५० करोड पूँजी भएका गरेर तीन तहका ब्रोकरहरु रहेका छन् । जसमा डिलर ब्रोकरहरुमा नगारिक स्टक डिलर र नबिल स्टक डिलर १ अर्ब ५० करोड पूँजी भएका २ वटा थोक ब्रोकर रहेका छन् । त्यसैगरि, पूर्ण कार्य गर्ने ३ वटा ब्रोकरहरु रहेका छन् ।  

६० करोड पूँजी भएका ब्रोकरहरुमा सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) , हिमालयन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९६) , एनआईएमबी स्कट मार्केट्स (स्टक ब्रोकर नम्बर ७५ )पूर्ण कार्य गर्ने ब्रोकर रहेका छन् । जसमा सीमित कार्य गर्ने ब्रोकरलाई नभएता पनि पूर्ण कार्य गर्ने र स्टक डिलरको लागि ऐनमा नै भएको ब्यबस्था भए अनुसार ब्रोकरहरुले मार्जिन ट्रेडिङको निर्देशन आउनु पर्ने केही ब्रोकरहरुले माग गरेका छन् ।  

ती ब्रोकरहरुले अन्तर्राष्ट्रिय अभ्यास अनुसार ब्रोकर मार्फत नै मार्जिन कारोबार गर्नु पाउनु माग राख्दै आएका छन् । यसका लागि धितोपत्र बोर्डले हाल स्रोतको अभाव नभएका र स्टक डिलर र पूर्ण कार्य गर्ने ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ कारोबारको लागि लाइसेन्स पाउनु पर्ने माग पनि गरेका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यस विषयमा अध्ययन भईरहेको भएता पनि हालसम्म कनै निर्णय भने भई नहालेको जानकारी दिए ।  

ब्रोकरमार्फत पाइने मार्जिन कारोबार भनेको लगानीकर्ताबाट कम्तीमा ३० प्रतिशत नगद लिएर निश्चित समयावधिका लागि निश्चित रकम, निश्चित ब्याजदरमा उपलब्ध गराइन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.