काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूची अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सयले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन भने सुन ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८५ हजार ३ सयमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।