काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईफोन निर्माता एप्पलका सीईओ टिम कुकलाई भारतमा आईफोन बनाउन बन्द गर्न आग्रह गरेका छन्। ट्रम्पले कतारको राजधानी दोहामा यस्तो आग्रह गरेका हुन् । उनले भारतलाई आफ्नो स्वार्थको ख्याल राख्नुपर्ने बताए । भारत र अमेरिकाबीच करवृद्धिको विषयमा कुरा भईरहेको बेला ट्रम्पको यो भनाइ आएको हो ।
यस बाहेक, हालसालै सार्वजनिक भएका रिपोर्टहरूमा पनि एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको जनाइएको थियो । मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले हिजो टिम कुकसँग कुरा गरेको थिएँ। मैले भने, टिम, हामीले तिमीलाई राम्रोसँग व्यवहार गरिरहेका छौँ। तिमीले ५०० बिलियन डलरको कम्पनी बनाइरहेका छौ, तर अहिले तिमीले भारतमा कारखाना खोल्दैछौ भन्ने सुन्छु। म तिमीले (आईफोन) भारतमा बनाउन चाहन्न।’
उनले थप्दै भनउ ,‘यदि तपाईं भारतलाई मद्दत गर्न चाहनुहुन्छ भने, यो ठीक छ, तर भारत विश्वमा सबैभन्दा बढी कर लगाउने देशहरू मध्ये एक हो। त्यहाँ बेच्न गाह्रो छ। भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलाग्ने वाचा गरेका छन्।’
ट्रम्पले थप भने, ‘हामीले चीनमा बनेका तिम्रा कारखानाहरू वर्षौंसम्म सह्यौं। अब हामी तपाईं भारतमा निर्माण गर्नुस भन्ने चाहँदैनौं। भारतले आफ्नो हेरचाह गर्न सक्छ। तिनीहरूले धेरै राम्रो गरिरहेका छन्। हामी चाहन्छौं कि तपाईंले अमेरिकामा निर्माण गरोस्।’

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                